Friday, November 16, 2012

intertenment

नेपालीले
बनाएको साइटमा फेसबुकको सुविधा
काठमाडौ, भाद्र २१ - कार्यालयमा फेसबुक
चल्दैन ? टि्वटर र फेसबुकको मज्जा एउटै
साइटबाट लिन मन छ ? यस्तो हो भने अब
तपाईका लागि एक नेपाली विद्यार्थीले
बनाएको वेबसाइट उपयोगी हुन सक्छ ।
कान्तिपुर इन्जिनियरिङ
कलेजका विद्यार्थी २१ बर्षे सुनिल
चापागाईले फेसबुक र
टि्वटरको विषेशतासहितको सामाजिक
सञ्जाल मेरोपोस्टडटकम सार्वजनिक
गरेका छन् ।
जसमा तीबाहेकका विषेशता समेत
समेटिएका छन् ।
'नेपाली सामाजिक सञ्जाल
प्रयोगकर्तालाई ध्यान दिएर यो साइट
निर्माण गरेको हुँ,' चापागाईले भने । उनले
एक वर्ष लामो प्रयासपछि यो साइट तयार
गरेका हुन् । साथीहरूलाई फलो गर्नेलगायत
टि्वटरको विषेशता भएको यो साइटमा
फेसबुकको जस्तो च्याट सुविधा छ ।
अझ यसको रमाइलो कुरा भने प्रयोगकर्तालेे
चाहनाअनुसार आफ्नो वाललाई सजाउन
सक्छन् । 'प्रयोगकर्ताले अरूभन्दा भिन्दै
बनाएर वाल सजाउन सक्छन्,' उनले भने,
'रङ र फोटो कुन बनाउने भन्ने
कुरामा प्रयोगकर्ता आफैंले छान्न सक्छन्
।' यसमा सोझै नेपाली युनिकोडमा स्टाटस
लेख्न सक्ने सुविधा पनि छ । 'स्टाटस
लेख्ने ठाउँमा रहेको नेपाली युनिकोड लेख्ने
सुविधामा क्लिक गरेर स्टाटस नेपालीबाट
लेख्न सकिन्छ,' उनले
भने । यसमा २ सय ५० अक्षरको स्टाटस
लेख्न मिल्छ । यसमा आफूलाई मन
लागेका सामग्री आफ्नो वालमा पोस्ट गर्न
सकिन्छ । सुनिलका अनुसार गुगल र अन्य
प्रकारका विज्ञापन सामग्रीहरू
प्रयोगकर्ताले आपmनो वालमा राख्न
सक्ने बताए ।
उनले यस सञ्जालमा सक्कली खाता खोल्न
पाउने बताएका छन् । एकाउन्ट भएकाले
त्यहाँ रहेको खाता भेरिफाई गर्ने
ठाउँमा गएर आफ्नो परिचय दिने कुनै
कागजात पठाएपछि मेरोपोस्टले
उसको एकाउन्टलाई भेरिफाइड गरिदिन्छ ।
'नागरिकता, लाइसेन्सलगायत कागजात
पठाएपछि एकाउन्ट भेरिफाई गरिन्छ,' उनले
भने, 'सक्कली खातालाई प्रोत्साहन गर्न
यस्तो गरिएको हो ।'
यस्तो सुविधापछि अन्य सामाजिक
सञ्जालमा नक्कली खाता खोलेर
झुक्काउनेलाई यसले निरुत्साहित गर्ने भन्दै
प्रयोगकर्ता निर्मल अधिकारीले
मेरोपोस्टमा लेखेका छन्, 'केटी भन्दै
झुक्काउन खोज्नेलाई भेरिफाई गर्ने
प्रणालीले हरिबिजोग गर्ने भो । सबैले
भेरिफाई गर्नुस् है ।'
सुरु गरेको दुई सातामा अहिलेसम्म २ हजार
८ सयले खाता खोलेको सुनिलले बताए ।
'दैनिक प्रयोगकर्ताको संख्या १ हजार ५
सय छ,' उनले भने,
'यसमा भएको सुविधा मन पराएर धेरै
राम्रो प्रतिक्रिया आएको छ ।'
उनका अनुसार सम्पूर्ण प्रयोकर्तामध्ये २
सयले आफ्नो एकाउन्ट भेरिफाई
गरेको बताए । यसमा फोटो भने एकै पटक
धेरै हाल्न सकिँदैन । एक
पटकमा एउटा फोटो अपलोड गर्न सकिने
उनले बताए । 'छिट्टै धेरै वटा फोटो एकैपटक
अपलोड गर्न सकिने ग्यालरी सिस्टम
ल्याउने योजना बनाएका छौं,' उनले भने ।
यसमा भिडियो र फाइलहरू पोस्ट गर्ने
सुविधा पनि छ ।
नेट सर्फिङग गर्दा सतर्क रहनुहोस्
आज भोली ईन्टरनेट सर्फिङग गर्न सबैलाई
मन पर्छ । यो अहिलेको समयमा अपरिहार्य
जस्तै बनि सकेको कुरा नकार्न सकिदैन ।
एक दिन नेटमा बसिएन भने पुरा संसार सँग
सम्बन्ध छुटेको झै भान हुन थाल्दछ ।
यसरी हेर्दा ईन्टरनेट
धेरैको लागि आवश्यक्ता नै बनी सकेको छ
। तर धेरै जसो मान्छेहरुको यो भनाइ छ
कि उनिहरुलाई नेट सेर्फिङगको दौरान कुनै
न कुनै अवाँन्छित
समस्याहरुको सामना गर्नु परेको छ ।
यसको साथ साथै च्याटिङको बेला चिटिङ
गर्ने खालको फाल्तु मेसेज पनि आउन
थाल्छ , आफ्नो मेल बक्समा पनि यस्तै
फाल्तु मेलले भरिएको पाईन्छ । कुनै कुनै
मेलले मन लोभ्याउने गैरजरुरी अफरका साथ
भाईरस पनि साथै attacht गरेर
पठाएका हुन्छन ।
यस्तोमा मनमा यो कुरा आउनु स्वाभाबिक
नै हो कि नेटमा सुरक्षित सर्फिङग
गर्नको लागि के के
कुरामा सावधानी अपनाउन जरुरी छ त ?
त्यसो त नेटमा सर्फिङग गर्नु
त्यती गाह्रो छैन जति कि लाग्छ ।
सानो सानो कुराहरुमा थोरै पनि सतर्क
रहेमा यो काम सहज हुन पुग्दछ ।
ईमेल बाट खतरा
यदि नेट सर्फिङगको दौरान तपाईंलाई
कसैले यस्तै बेकारको चिज मेल
गरेको भेट्टाउनु भयो भने उक्त मेल खोल्नु र
जवाब दिनुको सट्टा त्यस्ता मेल
वा application हरुलाई तपाईं block
गर्न सक्नु हुन्छ । यो कुरामा निकै ध्यान
दिन जरुरी छ कि अनजान ईमेलको साथ
attachment को रुपमा नै सबै
भन्दा धेरै भाईरस आउने खतरा रहन्छ ।
त्यसैले संदिग्ध मेलको attachment
लाई बिना जाँच कहिले पनि डाउनलोड गर्ने
नगरनुहोस् । कुनै कुनै ईमेल तपाईंलाई
यति रकम चिठ्ठा पर्यो, यो यो पुरुस्कार
पर्यो भन्ने लोभ देखाएर फसाउने
खालको पनि आउछन र यसमा तपाईंको नाम
ठेगानाका साथ साथै अरु ब्यक्तिगत
जानकारी मागिएका हुन्छन ।
यस्ता ईमेलहरुमा लोभिएर कहिले
पनि रिप्लाई दिने नगर्नुहोस् , यसमा मात्र
तपाईंहरुलाई ठग्ने बाहेक अरु केही हुँदैन ।
याद राख्नुहोस् नकिनेको चिठ्ठा कहिले
पर्दैन .... ईमेल आक्रमण बाट सुरक्षित
हुने सजिलो उपाय आफुले नचिनेको अनजान
ईमेलहरुलाई नखोलिकनै डिलिट गर्नु नै हो ।
यदि नेट सर्फिङगको दौरान तपाईंलाई
कसैले यस्तै बेकारको चिज मेल
गरेको भेट्टाउनु भयो भने उक्त मेल खोल्नु र
जवाब दिनुको सट्टा त्यस्ता मेल
वा application हरुलाई तपाईं block
गर्न सक्नु हुन्छ । यो कुरामा निकै ध्यान
दिन जरुरी छ कि अनजान ईमेलको साथ
attachment को रुपमा नै सबै
भन्दा धेरै भाईरस आउने खतरा रहन्छ ।
त्यसैले संदिग्ध मेलको attachment
लाई बिना जाँच कहिले पनि डाउनलोड गर्ने
नगरनुहोस् । कुनै कुनै ईमेल तपाईंलाई
यति रकम चिठ्ठा पर्यो, यो यो पुरुस्कार
पर्यो भन्ने लोभ देखाएर फसाउने
खालको पनि आउछन र यसमा तपाईंको नाम
ठेगानाका साथ साथै अरु ब्यक्तिगत
जानकारी मागिएका हुन्छन ।
यस्ता ईमेलहरुमा लोभिएर कहिले
पनि रिप्लाई दिने नगर्नुहोस् , यसमा मात्र
तपाईंहरुलाई ठग्ने बाहेक अरु केही हुँदैन ।
याद राख्नुहोस् नकिनेको चिठ्ठा कहिले
पर्दैन .... ईमेल आक्रमण बाट सुरक्षित
हुने सजिलो उपाय आफुले नचिनेको अनजान
ईमेलहरुलाई नखोलिकनै डिलिट गर्नु नै हो ।
के के सावधानी अपनाउने ?
नेट सर्फिङग वा च्याटको दौरान अनजान
मित्रहरुलाई आफ्नो नाम, ठेगाना, फोन
नम्बर अनि बैंक अकाउन्ट नम्बर
सम्बन्धी सही सुचना कहिले पनि share
नगर्नुहोस् । नेटमा बनाएको साथीहरु सँग
सके सम्म भेट नगर्नुहोस् र यदि भेट्नै पर्ने
सिचुएसन आई पर्यो भने कहिले पनि एक्लै
नभेट्नुहोस् । यसमा तपाईंलाई खतरा हुन
सक्छ ।
धेरै जस्तो साईट आजकाल पुरस्कार,
सर्बेक्षण वा रजिस्ट्रेशनको बहाना बनाएर
तपाईंको निजी सुचना, ईमेल address र
पासवोर्ड माग्ने गर्छन् , यसमा सतर्क हुनु
जरुरी छ । यस्ता धेरै जसो साईटहरु आँफै
पनि कुनै न कुनै product हरु बेच्ने
कोशीस गर्छन् र ईमेल डाटा सँकलन गरेर
बिज्ञापनदाता कम्पनीहरुलाई बेच्ने गर्दछन
। अन्लाईन सपिङगको कारोबार सँग
सम्बन्धित साईटहरु पनि यस्तो गर्ने
गर्दछन त्यसैले यिनिहरु सँग सावधान
रहनुमा नै भलाई छ ।
डाउनलोड गर्दा सतर्क रहनुहोस्
ईन्टरनेट सँग सम्बन्धित कुनै
पनि यस्तो application जब तपाईं
डाउनलोड गर्दै हुनु हुन्छ
जसमा Document, picture,
अडियो वा भिडियो आदि share गर्न
एक्सेस हुने गर्दछ यस्ता application
हरु डाउनलोड गर्नु
भन्दा पहिला आफ्नो जेनुन Antivirus
द्वारा Scan गर्नु जरुरी छ । साथै जुन
पायो त्यो सफ्टवयरहरु
आफ्नो कम्प्युटरमा डाउनलोड र install
गर्ने पनि नगर्नुहोस् ।
त्यस्तो application हरु जसमा कुनै
सिक्योरिटी सर्टिफिकेट छैन त्यसले
तपाईंको कम्प्युटरलाई हानी गर्ने बाहेक अरु
काम गर्दैन ।
Gfdgfd
नेपालका टप ५० वेबसाइटहरु
एलेक्सा डटकमको पछिल्लो तथ्याङक
अनुसार निम्न साइटहरु नेपालका टप ५०
भित्र पर्न सफल भएका छन् ।
तथ्याङकमा देखाइएको बोल्ड अक्षरले
नेपाली साइटलाई प्रतिनिधित्व गर्छ ।
N. Rank
Rank
Site
N. Rank
Rank
Site
1
facebook.com
26
travian.com
2
google.com
27
cricinfo.com
3
google.com.np
28
rapidshare.com
4
yahoo.com
29
mozilla.com
5
live.com
30
wordpress.org
6
youtube.com
31
onlinekhabar.com
7
blogger.com
32
about.com
8
wikipedia.org
33
explorehimalaya.com
9
fifa.com
34
thehimalayantimes.com
10
nagariknews.com
35
mazzako.com
11
msn.com
36
adobe.com
12
ekantipur.com
37
hi5.com
13
ntc.net.np
38
educationsansar.com
14
twitter.com
39
google.co.uk
15
wordpress.com
40
joomla.org
16
myrepublica.com
41
stragsolution.com
17
cybersansar.com
42
xnepali.com
18
merojob.com
43
thikthak.com
19
bbc.co.uk
44
linkedin.com
20
nepalnews.com
45
mos.com.np
21
bing.com
46
cnet.com
22
microsoft.com
47
bp.blogspot.com
23
flickr.com
48
paypal.com
24
mysansar.com
49
apple.com


No comments:

Post a Comment