Friday, November 16, 2012

किबता

सुर बिना गुन्जियको गीत कस्तो कस्तो
भोकायर अघाउने त्यो धीत कस्तो कस्तो
धरै संग पर्तिस्पर्धा हारे त के भो
मैदानको एक्लो धाबक जित कस्तो कस्तो
काकाकुल पनि बिना भोकै मर्न थाले
चैतमासमा घैला भर्ने शीत कस्तो कस्तो
चाहिदा खेरि नाता गोता मन संमान कति
नचाहिदा लगायको मीत कस्तो कस्तो
संतोष छैन जिबनभरि नत माया नत प्रेम
चितामाथि कोलाहलको प्रीत कस्तो कस्तो


No comments:

Post a Comment