Friday, November 16, 2012

गजल

चारै खुट्टा समाउँछ मान्छे
चट्ट काट्छ रमाउँछ मान्छे
आफ्नो रक्षा गर्न देवी भाक्दै
पशु बलि चढाउँछ मान्छे
नाम भालेको काम कालेको
दोष सबै हटाउँछ मान्छे
काट्छ अनि चोक्टा चोक्टा पार्छ
आहा ! मासु चपाउँछ मान्छे
यदि दिनको पर्खाईमा होला
वर्षभरि कमाउँछ मान्छे
जुवा खेल्ने पैसा टन्न राखी
गरिवहरू धपाउँछ मान्छे
अर्को ज्यान मारी आफ्नो लागि
शुभकामना छपाउँछ मान्छे

No comments:

Post a Comment